१२ साउन २०८१, शनिवार

काँकरभिट्टा खानेपानी : अध्यक्षमा रोहित बुढाथोकी १८३ मतान्तरले बिजयी

२८ जेठ २०८१, सोमवार
Image

मेचीनगर, २८ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा रोहित बुढाथोकी निर्वाचित हुनुभएको छ ।

उहाँले १९९१ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । उहाँको निकटतम प्रतिष्पर्धी सन्तोष आचार्यले १८०८ मत प्राप्त गर्नुभयो । उहाँहरुको १८३ मतान्तर रहेको छ ।

उपाध्यक्ष पदमा गोविन्द गिरी बिजयी हुनुभएको छ । उहाँले २२६२ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिष्पर्धी राजु दाहालले १२१९ मत प्राप्त गर्नु भएको छ । उहाँहरुको मतान्तर १०४३ रहेको छ ।

सचिव पदमा विशाल तामाङ १७४५मत प्राप्त गरेर बिजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी दिलीप सुब्बाले १६६३ मत प्राप्त गर्नुभयो । उहाँहरुको मतान्तर ८२ रहेको छ ।

गठबन्धनको आधारमा हेर्दा :

चुनावमा नेकपा एमालेको नेतृत्वमा जसपासहितको एउटा गठबन्धन बनेको थियो भने नेपाली काँंग्रेसको नेतृत्वमा नेकपा माओबादी केन्द्र र राप्रपालाई समेटेर अर्को गठबन्धन बनेको थियो । रास्वपा एक्लैले चुनाव लडेको थियो ।

एमाले नेतृत्वको प्यानलबाट ८ जना बिजयी बनेका छन् । कांग्रेस नेतृत्वको प्यानलबाट ४ जना बिजयी भएका छन् । रास्वपाले अपेक्षाकृत राम्रै मत सुरक्षित गरेको छ ।

दलगत आधारमा एमालेले ६ पद, कांग्रेसले ३ पद, जसपाले २ पद र राप्रपाले १ पद प्राप्त गरेको छ ।

चुनावमा थोरै मतान्तरले एमालेका तर्फबाट अध्यक्ष उम्मेद्वार सन्तोष आचार्यले पराजय व्यहोर्नु परेको छ । पार्टी नेतृत्वले केन्द्रीय सत्ता गठबन्धनमा सहकार्य गरिरहेको राजनीतिक सहयात्री नेकपा माओबादी र रास्वपालाई आफ्नो गठबन्धनमा समावेश गर्न नसक्नु नै कमजोरी भएको विश्लेषण हुन थालेको छ ।

अन्तिम मत परिणाम 

अध्यक्ष ः 

रोहित बुढाथोकी १९९१ (विजयी)-काँग्रेस
सन्तोष आचार्य  १८०८-एमाले
सुदर्शन खड्का ३४६-रास्वपा

उपाध्यक्ष ः

गोबिन्द गिरी २२६६ (विजयी)-एमाले
राजु दाहाल  १२१९-माओवादी
कृष्ण सुवेदी ६३०-रास्वपा

सचिव ः

बिशाल तामाङ १७४५ (विजयी)-काँग्रेस
दिलिप सुब्बा  १६६३-जसपा
नरेन्द्र सिवाकोटी ५९८-रास्वपा

कोषाध्यक्ष ः 

बिमला तामाङ २०६५९ (विजयी)-एमाले
बिमला देबकोटा १४६३-समाजवादी
सुधादेवी खड्का ३९८-रास्वपा

महिला सदस्य ः 

इन्दिरा बुढाथोकी १६६४-एमाले
मीरा कार्की १५४६-जसपा

सदस्य ः

इन्द्र बहादुर प्रधान १८८६-राप्रपा
डिल्लीकुमार काफ्ले १५८१-एमाले
केदार जंग भट्टराई १४६०-काँग्रेस

लेखा समिति

संयोजक ः सोमराज ढकाल १५०८ एमाले
सदस्य ः बालकुमार भुजेल १६६०-जसपा
सदस्य ः जोश्ना राजवंशी १७९९-एमाले

बदर ः ३१०
कुल मत ः ४९१८