२३ भदौ २०८१, आइतवार

मेचीनगरमा ‘विकास पत्रकारिता’ तालिम

२ असार २०८१, शनिवार
Image

धुलाबारी, १ असार । पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मेचीनगर सञ्चार प्रतिष्ठानले आजदेखि विकास पत्रकारिता तालिम सुरु गरेको छ ।

नगर क्षेत्रका पत्रकारलाई लक्षित गरेर आयोजना गरिएको तालिममा ४० भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै नगरकी उपप्रमुख मीना उप्रेतीले पत्रकारहरुसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । 

उहाँले नगर क्षेत्रमा भए गरेका राम्रा कामको सकारात्मक प्रचार र नराम्रा कार्यको सुधारका लागि सुझाव दिएर समाचार लेख्न आग्रह गर्नुभयो ।

तालिमको सहजीकरण पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल र प्रेस युनियन कोशी प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र निरौलाले गर्नुभएको थियो । 

प्रतिष्ठानका अध्यक्ष शिशिर चम्लागाईको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष प्रल्हादमणि ओली, नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख अनन्त वस्ती, प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बराल, अन्नपूर्ण पोस्टका पत्रकार सुब्रत न्यौपाने, क्लवका पूर्व अध्यक्ष मुक्ति पौडेल, नारी सञ्चार गृह झापाकी सदस्य विनिसा शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।