झापा, १ असार । कोशी प्रदेश सरकारले सञ्चार क्षेत्रका लागि रु. दुई करोड ५० लाख बजेट बिनियोजन गरेको छ ।
आज प्रदेश सरकारका आर्थिक मामिला मन्त्री राम रानाले प्रस्तुत गरेको आव २०८१/०८२ को वार्षिक बजेटमा उक्त कुरा उल्लेख छ ।
प्रदेशका सबै क्रियाशील सञ्चार माध्यमहरुको अभिलेख राखिने र एकद्वार प्रणालीबाट लोककल्याणकारी विज्ञापन वितरण गरिने बजेटमा घोषणा गरिएको छ ।
मुख्यमन्त्री पदमा हिक्मत कार्की रहँदा यसअघि पनि सञ्चार क्षेत्रका लागि उल्लेख्य बजेट छुट्याइएको थियो । आज बजेटमा गरिएको घोषणा अनुसार बिनियोजित अढाइ करोड रुपैयाँ सञ्चार क्षेत्रको संस्थागत विकास र पत्रकारहरुको क्षमता विकासमा खर्च गरिने बताइएको छ ।