२ कार्तिक २०८१, शुक्रवार

अर्जुनधाराको लाप्चेटारमा पहिरोले एक घरमा क्षति

५ असार २०८१, मङ्गलवार
Image

झापा, ४ असार । चुरे भूबनोट रहेको अर्जुनधारा–२ को लाप्चेटारमा पहिरो खस्दा एक घरमा क्षति पुगेको छ ।

स्थानीय पुष्पा समाल मगरको घर क्षति भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।

आज विहान अबिरल बर्षा भएको थियो । बर्षाका क्रममा घर छेउको पहिरो घरमा खसेको थियो । घरका मानिसहरुलाई तत्काल सुरक्षित स्थानमा सारिएको बताइएको छ । 

यसैगरी, अर्जुनधारा–१ मा खानेपानी मुहानमा बाढीले क्षति पुगेको छ भने अर्जुनधारा–३ को सुखानी खोलाले कज्वे भत्काउँदा यातायात अवरुद्ध भएको छ ।