२ कार्तिक २०८१, शुक्रवार

बाल क्लवको साधारणसभा सम्पन्न, अध्यक्षमा पुन: सुस्मिता

६ असार २०८१, बुधवार
Image

धुलाबारी, ५ असार । चेतनशील सामुदायिक सिकाई केन्द्रको बाल क्लवको बार्षिक साधारणसभा सम्पन्न भएको छ । 

क्लवकी अध्यक्ष सुस्मिता थापाको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर–१० का वडाध्यक्ष नारायण खनाल प्रमुख अतिथि रहनुभएको थियो । 

साधारणसभामा बढ्दै गइरहेको लागूऔषध दुव्यर्सनविरुद्ध सचेतनामूलक लघु नाटक  र विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा चेतनशील सामुदायिक सिकाई केन्द्रका अध्यक्ष उदय बराइली, धर्मेन्द्र खड्का, धनमाया गौतम, सिर्जनशील सहेली महिला बचत समूही संस्थापक अध्यक्ष पवित्रा पौडेल, ओमकारेश्वर शिवालय मन्दिरका अध्यक्ष केदार गौतमलगायतले शुभकामना मन्तव्य राखेका थिए ।  

साधारणसभाले नयाँ कार्य समिति समेत चयन गरेको छ । समितिकी अध्यक्ष सुस्मिता थापा, उपाध्यक्ष प्रजिशा पोखरेल, सचिव निमेश पाण्डे, सहसचिव प्रयास कट्टेल, कोषाध्यक्ष स्वस्तिका थापा चयन भएका छन् । 

यसैगरी, सदस्यहरुमा अस्युनी दाहाल, एन्जल बानियाँ, आयूषा खड्का, ओम पोखरेल चयन भएको सिकाई केन्द्रकी परिचालक ममता न्यौपानेले बताउनुभयो । 

कार्यक्रममा स्वागत मन्तव्य जेसन लामाले गरेका थिए भने सञ्चालन निमेश पाण्डे र प्रजिशा पोखरेलले गरेका थिए । कार्यक्रममा नृत्य प्रतियोगिता समेत गरिएको थियो । प्रतियोगितामा प्रथम स्वस्तिका थापा, द्धितिया प्रश्ना तामाङ, तृतीया नम्रता खनाल र चौथो आश्विनी दाहाल भएको न्यौपानेले जानकारी दिनुभयो ।