२ कार्तिक २०८१, शुक्रवार

मेची पुलमा दुबै देशका सीमा रक्षकको संयुक्त योगा

८ असार २०८१, शुक्रवार
Image

मेचीनगर, ७ असार । एसियन राजमार्गको काँकरभिट्टास्थित मेची पुलमा शुक्रवार विहान भिन्न दृश्य देखियो । नेपाल र भारतका सीमा रक्षकहरु भेला भएर संयुक्त अभ्यास गरिरहेका थिए । उनीहरुले गरेको अभ्यास सैन्य अभ्यास थिएन । त्यो थियो योग अभ्यास ।

आज विश्व योग दिवसको अवसर पारेर मेची पुलमा दुबै देशका सीमा रक्षकहरुले संयुक्त योग अभ्यास गरेका हुन् । अभ्यासमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका ३० जना नेपाली सुरक्षाकर्मी सहभागी थिए भने सशस्त्र सीमा बल (एसएसबी) पानीटंकीको बटालियन नै योग अभ्यासमा सामेल रहेको २ नं. गण हेडक्वाटर भद्रपुरका गणपति कविन्द्र राईले बताउनुभयो । 

योग शिविरको आयोजना भारतको सशस्त्र सीमा बल (एसएसबी)को रानीडंगास्थित ४१ औं बाहिनीले गरेको थियो । पुलमा म्याट ओछ्याएर दुबै देशका सुरक्षाकर्मीले विहान ६ बजेदेखि योग अभ्यास गरेका थिए । 

उक्त कार्यक्रममा सशस्त्र प्रहरी वलको २ नं. गणका गणपति राई र काँकरभिट्टा इलाका प्रहरी कार्यालयका डीएसपी मिम लामा समेत सहभागी थिए ।