२३ भदौ २०८१, आइतवार

ज्यामिगरगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, २ जना घाइते

९ असार २०८१, शनिवार
Image

 धुलाबारी, ८ असार । मेचीनगर नगरपालिका वडा नम्बर १५ लालझोडास्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

आज बिहान अन्दाजी ३ः३० बजेको समयमा मेचीनगर नगरपालिका वडा नम्बर १५ लालझोडास्थित भित्री सडकखण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १-०१-०१६ प ४१८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।

मोटरसाइकलमा तीनजना सवार थिए । दुर्घटनामा मेचीनगर नगरपालिका १० बस्ने अन्दाजी २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको हो । घाइतेहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा बिहान ५ः४० बजे दनुवारलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

त्यस्तै मेचीनगर नगरपालिका १० का अन्दाजी २१ वर्षीय अभिषेक राई र सोही ठाउँ बस्ने अन्दाजी २१ वर्षीय विवेक दनुवार गम्भीर घाइते भएका छन् । दुवैको बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।