२३ भदौ २०८१, आइतवार

चट्याङ लागेर झापामा दुईको मृत्यु

१२ असार २०८१, मङ्गलवार
Image

धुलाबारी, ११ असार । जिल्लाका भिन्नाभिन्नै स्थानमा चट्याङ लागेर आज विहान दुईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

चट्याङले लागेर मृत्यु हुनेमा कमल गाउँपालिका–२ का ४६ बर्षीय राजन खड्का र गौरीगञ्ज गाउँपालिका– ८ का ४२ बर्षीय विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरीका अनुसार घरबाट खेततर्फ जाने क्रममा अचनाक परेको चट्याङ लागेर खड्का घाइते हुनुभएको थियो । उपचारका लागि दमकस्थित आम्दा अस्पताल पुर्याइएको उहाँलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाई छ । 

गौरीगञ्ज गाउँपालिका– ३ मा सीताराम दाहालको खेतमा धानको विउ उमार्ने क्रममा विकास गरीलाई विहान चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता चन्दको भनाई छ ।