२ कार्तिक २०८१, शुक्रवार

फुलवासा खोलामा डुबेर एक बालकको मृत्यु

१३ असार २०८१, बुधवार
Image

धुलाबारी, १२ असार । फुलवासा खोलामा डुबेर मंगलबार साँझ एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा न.–१४ नमुना टोल बस्ने बामरा सन्थालका २० महिनाका छोरा रिहान सन्थाल रहेको प्रहरीले जनाएको छ । 

खेल्ने क्रममा घरदेखि अन्दाजी ३०० मिटर पूर्वमा रहेको फुलवासा खोलामा ती बालक डुबेका थिए ।

कानुनी प्रकृया पुरा गरी बालकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।