२३ भदौ २०८१, आइतवार

पेस्तोलसहित विर्तामोडका पराजुली पक्राउ

१४ असार २०८१, बिहिवार
Image

विर्तामोड, १३ असार । बिर्तामोड वडा नं. ७ का ३० वर्षीय सुरेश पराजुली लुकाईछिपाई राखिएको कटुवा पेस्तोलसहित बुधवार साँझ पक्राउ परेका छन् ।

प्रहरी स्रोतका अनुसार घरमा भाउजु गीता पराजुलीसँग झगडा गरिरहेको खबर पाएपछि पुगेको प्रहरी टोलीले सर्च गर्दा विहीवार साँझ ७ बजेतिर अबैध हतियार फेला परेको थियो ।

पक्राउ परेका पराजुलीलाई इप्रका अनारमनीमा राखिएको छ ।