२३ भदौ २०८१, आइतवार

गोमन सर्पले डसेका उद्धारकर्मी कार्कीको अवस्था ‘खतरामुक्त’

१६ असार २०८१, शनिवार
Image

मेचीनगर, १५ असार । विषालु सर्प गोमनले डसेर घाइते भएका उद्धारकर्मी मेचीनगर–६ का मुन्ना कार्कीको उपचारमा आर्थिक अभाव भएको छ ।

उद्धार गरेर बट्टामा राखेको गोमन सर्पले शुक्रवार दिउँसो देब्रे हातको साइली औलामा डसेपछि उहाँ घाइते हुनुभएको थियो ।

उपचारका लागि उहाँलाई चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा भर्ना गरिएको छ । 

मेची चरा तथा बन्यजन्तु संरक्षण समाजका अध्यक्ष देबेन्द्र खरेलले उहाँ खतरामुक्त रहे पनि उपचार चलिरहेको बताउनुभयो । थप उपचारमा आर्थिक अभाव हुने भएकाले सहयोगको आह्वान गरिएको खरेलले बताउनुभयो ।

‘उहाँ अहिले खतरामुक्त हुनुहुन्छ,’ खरेलले भन्नुभयो–‘हालसम्म सरकारी सहुलियतमै उपचार भइरहेको छ । तर अब प्राइभेट रुपमा औषधि किन्नु पर्ने अवस्था आउनसक्छ । त्यसैले इच्छुक शुभेच्छुकहरुसँग सहयोगको अपिल गरेका छौं ।’

खरेलले सामाजिक सञ्जालमार्फत कार्कीको उपचारका लागि सहयोगको अपिल गरिसक्नु भएको छ ।

कार्की लामो समयदेखि सर्प उद्धार कार्यमा स्वयम्सेवी रुपमा खटिदै आउनु भएको छ । शुक्रवार मेची भन्सार नजिकबाट एउटा सर्प उद्धार गरेर घरमा ल्याएर राँख्नु भएको थियो । अर्को स्थानबाट सर्प उद्धारका लागि अनुरोध आएपछि उहाँले नियन्त्रणमा रहेको सर्पले स्थानान्तरण क्रममा डसेको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्