२३ भदौ २०८१, आइतवार

भेनियर उद्योगमा बाढी पस्दा चालीस लाखको गोलिया बग्यो

१७ असार २०८१, आइतवार
Image

मेचीनगर, १६ असार । झापा भेनियर एन्ड प्लाईउड उद्योगको परिसरमा शनिवार राति बाढी पस्दा लाखौंको क्षति भएको छ ।

मेचीनगर–१५ स्थित उद्योग परिसरमा शनिवार राति साढे १० बजेदेखि स्थानीय फुलमासी पैनीको बाँध फुटेर बाढी पसेको थियो । रातभर बाढीले उद्योग परिसरमा रहेका कुकाठको ठूलो मात्रामा गोलिया बगाएको सञ्चालक आनन्द खड्काले बताउनुभयो ।

बाढीले रु. ४० लाख मूल्य बराबरको ६००० क्युबिक फिट गोलिया काठ बगाएर डेढ किलोमिटर टाढा रहेको निन्दा नदीको बाढीमा पुर्याएको उहाँले जानकारी दिनुभयो ।

फुलमासी पैनी यहाँको पचासौं वर्ष पुरानो खोल्सो हो । जहाँ शनिवार राति अचानक ठूलो बाढी आएको थियो । उद्योग नजिकको बाँध भत्काएपछि बाढीले क्षति पुर्याएको थियो ।

आइतवार विहान केही गोलिया एक किलोमिटर टाढाबाट समेत स्थानीयले बटुलेर उद्योगलाई बुझाएका थिए ।