२३ भदौ २०८१, आइतवार

एकीकृत समाजबादीको नेतृत्व भोलि चयन हुने

२० असार २०८१, बुधवार
Image

झापा, १९ असार । नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशनमा विहीवर नयाँ नेतृत्व चयन हुने भएको छ ।

महाधिवेशनमा प्रस्तुत प्रस्तावहरुमा आज सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रम सुरु हुने र भोलि नेतृत्व चयन गर्ने कार्यक्रम तय भएको हो ।

एकीकृत समाजवादीको अध्यक्ष पदमा हालका अध्यक्ष माधव कुमार नेपाल र महासचिव घनश्याम भूसाल दाबेदार छन् । नेतृत्व चयन सकेसम्म सहमतिमा र सहमति नभए मतदानमार्फत् गर्ने तयारी छ । मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग हुने छ ।

राजनीतिक, सांगठनिक, नेपाली विशेषताको समाजवाद र विधान संशोधन प्रस्तावहरुमाथि सामूहिक छलफल गरेका नेता–कार्यकर्ताहरुले आज छलफलको निष्कर्ष राख्नेछन् ।

छलफलका लागि बनाइएका १२ टोलीका नेताहरुले आज आ–आफ्नो समूहको छलफलको निष्कर्ष प्रस्तुत गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

छलफलको निष्कर्ष प्रस्तुत गरिसकेपछि प्रस्तावहरुलाई आवश्यक संशोधनसहित पारित गर्ने र बिहीबारदेखि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गर्ने तयारी छ ।

वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गरेर असार २० गते महाधिवेशन समापन गर्ने एकीकृत समाजवादीले जनाएको छ ।

काठमाडौंको प्रज्ञा भवनमा असार १६ गतेदेखि महाधिवशेशन सुरु भएको थियो । महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न संगठनबाट छानिएका एक हजार आठ सय प्रतिनिधिहरुले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छन् ।