२३ भदौ २०८१, आइतवार

विपद्जन्य घटनाबाट झापामा रु. १३ करोड बढीको क्षति

२० असार २०८१, बुधवार
Image

झापा, १९ असार ।  विपद्जन्य घटनाबाट जिल्लामा १५ जनाको मृत्यु भएको छ भने रु. १३ करोडभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

चालु आर्थिक बर्ष २०८०÷ ०८१ को साउनदेखि हालसम्ममा बाढी, आगलागी, हावाहुरी र चट्याङजस्ता विपद्जन्य घटनाका कारण रु १३ करोड ७२ लाख ८४ हजार ९०० को क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले बताउनुभयो । 

उहाँका अनुसार जिल्लामा हावाहुरीबाट रु. दुई करोड ७६ लाख ४० हजार, बाढीबाट रु. एक करोड ५० लाख, आगलागीबाट रु. नौ करोड ८३ लाख ६०० र चट्याङले रु आठ लाख ४४ हजार ३०० बराबारको भौतिक क्षति भएको छ । 

सो अवधिमा बाढीबाट नौ जनाको मृत्यु र एक जना वेपत्ता, आगलागीबाट तीन जनाको मृत्यु, २३ जना घाइते र चट्याङ लागेर तीनको मृत्यु तीन जना घाइते भएको प्रहरी कार्यालयका प्रवक्ता चन्दले जानकारी दिनुभयो ।