२३ भदौ २०८१, आइतवार

हात्तीको जानकारी दिने प्रविधि उद्घाटन गर्न सभामुख बाहुनगाँडी आउँदै

२१ असार २०८१, बिहिवार
Image

झापा, २० असार । सभामुख देबराज घिमिरेले हात्ती आगमन सूचना प्रविधि केन्द्रको शुक्रवार बाहुनडाँगीमा उद्घाटन गर्ने हुने भएको छ ।

मेचीनगर वडा नं. ४ का अर्जुनकुमार कार्कीका अनुसार घिमिरे उद्घाटनका लागि शुक्रवार विहान पौने ११ बजे बाहुनडाँगी पुग्ने कार्यक्रम छ ।

उहाँले बाहुनडाँगीमै खाना खाइसकेपछि दिउँसो १२ बजेपछि हात्ती आगमन सूचना प्रविधि केन्द्रको उद्घाटन गर्नुहुने छ ।

बाहुनडाँगी हात्ती भारतबाट नेपालमा प्रवेश गर्ने मुख्य गौडा हो । जहाँ दैनिकजसो दर्जनौंको संख्यामा हात्तीहरु नेपाल पस्ने गर्छन् ।

सर्वसाधारणलाई बस्तीमा हात्ती प्रवेश गरेको जनाउ दिने डिजिटल प्रविधिको प्रयोग गर्न लागिएको वडाध्यक्ष कार्कीले बताउनुभयो ।