२३ भदौ २०८१, आइतवार

चार जिल्लाका पत्रकार महिलालाई एडभान्स तालिम सुरु

२३ असार २०८१, शनिवार
Image

विर्तामोड, २२ असार । कोशी प्रदेशका चार जिल्लाका पत्रकार महिलाका लागि ‘नयाँ प्रविधिको माध्यमबाट उन्नत पत्रकारिता’ तालिम झापाको विर्तामोडमा आज सुरु भएको छ ।

तालिमको संयोजन नारी सञ्चार गृह झापाले गरेको छ । तालिममा पत्रकारितामा नवीनतम् प्रविधिको प्रयोग कसरी गर्न सकिन्छ भनेर पत्रकारहरुलाई प्रशिक्षण प्रदान गरिने काउन्सिलका सदस्य गणेश पोखरेलले बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले होटल ग्रेन्ड पेसिफिकमा कार्यक्रमको उद्घाटन गर्दै पत्रकारितालाई विश्वसनीय बनाउन आग्रह गर्नु भयो ।

उहाँले गलत र तथ्यहीन समाचारका कारण पत्रकारिताप्रति जनविश्वास गुम्दै गएको भन्दै चिन्ता प्रकट गर्नुभयो ।

तालिममा झापा, इलाम, मोरङ र सुनसरी जिल्लाका ४० भन्दा बढी पत्रकार महिला सहभागी हुनुहुन्छ । 

आज प्रेस इन्स्टिच्यूटका प्रशिक्षक लिला भट्टराईले कृत्रिम पत्रकारितामा बौद्धिकता (एआई)को प्रयोग र नसना बज्राचार्यले मल्टिमिडियाका लागि फोटो र भिडियो खिच्ने तरिकाका विषयमा तालिम दिनु भएको थियो ।

काउन्सिलका सदस्य पोखरेलको अध्यक्षता र नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य नारी सञ्चार गृहकी पूर्व अध्यक्ष भीमा शिवाकोटीले गर्नु भएको थियो ।

नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष माधव विद्रोही र कृष्ण हुमागाईले कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।