१० फागुन २०८२, आइतवार

साहित्य चौतारीद्वारा स्रष्टाहरु रथारोहणसहित अभिनन्दित

१ साउन २०८१, मङ्गलवार
Image

विर्तामोड, ३१ असार । साहित्य चौतारीले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसर पारेर आज अग्रज पत्रकार तथा साहित्यकार नकुल काजी लगायतका स्रष्टालाई रथारोहणसहित सम्मान गरेको छ ।

चौतारीका अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता र ललित कला प्रतिष्ठानका कुलपति नारदमनि हार्तम्छालीको प्रमुख आतिथ्यमा भएको सम्मान कार्यक्रममा साहित्यकारहरु नकुल काजी, गायक शान्ति ठटाल, लक्ष्मी जोशी, प्राडा टंक नेउपाने, कवि कुन्ता शर्मा, कलाकार विक्रमश्री, प्राडा गङ्गाप्रसाद अधिकारी, कलाकार अनुराधा थापा, मनु मञ्जिल, शिवशङ्कर थापालाई अतिथि हुनुहुन्थ्यो ।

गायिका शान्ति ठटाल, लक्ष्मी जोशी र नकुल काजीलाई रथारोहण गरिएको थियो भने गंगाप्रसाद उप्रेती, जगमान गुरुङ, गणेश रसिक, टंक न्यौपाने, गंगाप्रसाद अधिकारी, शम्भु राई, कुन्ता शर्मा, अनुराधा थापा, विक्रमश्री र मनु मञ्जिललाई अभिनन्दन गरिएको थियो ।

भाषाविद् चुडामणि रेग्मीलाई पनि रथारोहण गरिने भनिएकोमा स्वास्थ्यका कारण उहाँ उपस्थिति हुन सक्नु भएन ।

अभिनन्दित तथा पुरस्कृतमध्ये प्राडा टङ्क नेउपाने, लक्ष्मी जोशी, कुन्ता शर्मा, मनु मञ्जिलले संक्षिप्त भनाइसँगै लक्ष्मी जोशीले गीत गाउनुभयो भने कुन्ता शर्मा र मनु मञ्जिलले कविता सुनाउनु भएको थियो । दार्जिलिङ तथा सिलगढीबाट ४० जनाभन्दा बढी स्रष्टा साहित्यकारहरु उपस्थित रहनुभएको सो कार्यक्रममा झापाका अधिकांश साहित्यकारहरु उपस्थित थिए । कार्यक्रममा अढाईसय बढी स्रष्टासर्जकको उपस्थिति थियो । बीचबीचमा रमाइला नृत्य पनि थिए ।