२३ भदौ २०८१, आइतवार

डी. कौडिन्या स्मृति पत्रकारिता पुरस्कार रेग्मी र लामालाई

१ साउन २०८१, मङ्गलवार
Image

झापा, १ साउन । जनपक्षीय पत्रकार देवकुमार आचार्य (डी .कौडिन्य)को स्मृतिमा प्रेस सेन्टरले स्थापना गरेको पत्रकारिता पुरस्कारबाट पत्रकार झुलन रेग्मी र डिकेश लामा संयुक्त पुरस्कृत हुने भएका छन् । 

रेग्मी लोकतन्त्र पोस्ट दैनिकका पूर्व सम्पादक, मेचीखबर साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष हुन् भने र लामा नेपाल टेलिभिजनका झापा सम्वाददाता एवम् पत्रकार महासंघ झापा शाखाका सचिव हुनुहुन्छ । 

असार ३१ गते बसेको प्रेस सेन्टर झापाको बैठकले पुरस्कृत व्यक्तित्व छनोटसँगै पुरस्कारको राशीसमेत बढाएको प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकले जानकारी दिनुभयो ।

स्थापनाकालमा ११ हजार रुपैयाँ राशी भएको डी. कौडिन्य पत्रकारिता पुरस्कारको राशी केही वर्ष यता २१ हजार रुपैयाँ थियो । उहाँ यस वर्षबाट पुरस्कारको राशी ४२ हजार पुर्याउने निणर्य बताउनुभयो । 

पुरस्कार डी. कौडिन्यको स्मृति दिवसको अवसरमा साउन ७ गते वितरण गरिने अध्यक्ष पाठकले बताउनुभयो ।