२३ भदौ २०८१, आइतवार

प्रधानमन्त्रीको सल्लाहकारमा रिमाल र खतिवडा

३ साउन २०८१, बिहिवार
Image

झापा, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त हुनु भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

नेकपा एमालेका उपमहासचिव रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार नै हुनुहुन्थ्यो ।

त्यस्तै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा। युवराज खतिवडा नियुक्त हुनु भएको छ । उहाँ २०७४ सालमा ओली मन्त्रिपरिषदमा अर्थमन्त्री हुनुहुन्थ्यो ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार नियुक्त हुन बाँकी छ । यसअघि प्रेस सल्लाहकारमा सूर्य थापा, चेतन  अधिकारी हुनुहुन्थ्यो ।