६ पुष २०८१, शनिवार

ओलीले २ वर्ष सरकार चलाउने, त्यसपछि देउवाको पालो

६ साउन २०८१, आइतवार
Image

झापा, ६ साउन । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहयात्रा सम्बन्धित सातबुँदे सहमति सार्वजनिक भएको छ ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा आज सहमति सार्वजनिक गर्नु भएको हो ।

सातबुँदे सहमतिमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने, संविधान संशोधनमा प्राथमिकता दिने, विश्वसनीय व्यवसायिक वातावरण तयार गर्ने, सरकार दुई वर्षसम्म केपी शर्मा ओलीले र ०८४ मंसिरमा हुने चुनावसम्म शेरबहादुर देउवाले नेतृत्व गर्ने, न्युनतम साझा कार्यक्रम तय गर्ने,  समानताको आधारमा समान हैसियतमा सरकारमा सहभागिता जनाउने र संविधानको मर्म र भावनाअनुरुप प्रदेश सरकार सञ्चालन गर्ने रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले सहमतिमा लुकाउनु पर्ने कुरा केही पनि नभएको बताउनुभयो । उहाँले सहमतिका बारेमा भइरहेका टिकाटिप्पणी बारे प्रतिटिप्पणी नगर्ने समेत स्पष्ट पार्नुभयो ।