२ कार्तिक २०८१, शुक्रवार

ओलीले संसद्मा पाए दुई तिहाई, पक्षमा १८८, विपक्षमा ७४

६ साउन २०८१, आइतवार
Image

झापा, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट १८८ मत प्राप्त गर्नु भएको छ ।

सभामुख देबराज घिमिरेले प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्नु भएको घोषणा गर्नुभयो ।

संसद्मा आज विश्वासको मतमा मत विभाजन हुँदा पक्षमा १८८ र विपक्षमा ७४ मत परेको थियो । एक जनाले कतै पनि मत दिनु भएन ।

संसद्मा २६३ जना सांसद्ले मतदान गरेका थिए ।