२३ भदौ २०८१, आइतवार

डी कौडिन्य पत्रकारिता पुरस्कारबाट झुलन रेग्मी र डिकेश लामा सम्मानित

७ साउन २०८१, सोमवार
Image

विर्तामोड, ७ साउन । पत्रकार झुलन रेग्मी र डिकेश लामा आज एक समारोहबीच डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित हुनु भएको छ ।

प्रेस सेन्टर नेपाल झापा शाखाले उक्त पुरस्कार स्थापना गरेको हो । पुरस्कार वापत प्रमाणपत्र र जनही रु. २१ हजार नगदराशी रहेको छ ।

झापाका क्रान्तिकारी पत्रकार एवम् साहित्कार डी कौडिन्यलाई शाही सेनाले वि.सं. २०५९ साउन ७ गते चारआली व्यारेकभित्र कायरतापूर्वक हत्या गरेको थियो । उहाँको स्मृतिमा वर्षेनी पत्रकारिता पुरस्कार वितरण हुँदै आएको छ ।

विर्तामोडको सिटी सेन्टरमा आयोजित समारोहमा कोशी प्रदेशका नेकपा माओबादी केन्द्रका संसदीय दलका नेता एवम् पूर्व अर्थमन्त्री इन्द्र आङ्बो प्रमुख अतिथि रहनु भएको थियो । उहाँले नै पुरस्कारको प्रमाणपत्र र नगद हस्तान्तरण गर्नुभयो ।

सेन्टरका झापा अध्यक्ष राजु पाठककको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अर्थमन्त्री आङ्बो, डी कोडिन्यकी पत्नी यमुना आचार्य, नेकपा माओबादीका केन्द्रीय सदस्य सुमन सिंह सी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका महासचिव विवेक गौतम, सेन्टरका केन्द्रीय सचिव विमल लामिछाने, सेन्टरका कोशी अध्यक्ष विनोद घिमिरे, अग्रज पत्रकार लीला बराल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रेस युनियनका झापा नेता राजेन्द्र गौतम, प्रेस चौतारी झापाका उपाध्यक्ष प्रदिप परियार, समाजबादी प्रेस संगठन झापा अध्यक्ष शम्भु दाहाल, फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बा र डी कौडिन्यकी छोरी तृप्ति आचार्यले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार देबकुमार अचार्य (डी कौडिन्य)को जीवनी र योगदानका बारेमा बिमल लामिछानेले जानकारी गराउनु भएको थियो भने स्वागत होम अधिकारीले र उद्घोषण पुष्प खड्काले गर्नु  भएको थियो ।