२३ भदौ २०८१, आइतवार

समावेशिता खारेज गरे दुर्घटना : माओबादी नेता आङ्बो

७ साउन २०८१, सोमवार
Image

झापा, ७ साउन । नेकपा माओबादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले नेपाली कांग्रेस र नेकपा एमालेले समावेशिता खारेज गरे मुलुक दुर्घटनामा जाने चेतावनी दिनु भएको छ ।

विर्तामोडमा आज आयोजित डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उहाँले संसद्का दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनाएको सरकारले जनयुद्धको बलमा प्राप्त भएको संघीयता र समावेशितालाई खारेज गर्ने चर्चा चलिरहेको दावी गर्नुभयो ।

बलियो सरकार गठन गरेर संघीयताको कार्यान्वयन प्रक्रियालाई गति दिन आग्रह गर्दै उहाँले संविधान संशोधनको नाममा जनयुद्ध र जनान्दोलनको उपलब्धिमाथि बक्रदृष्टि नलगाउन सचेत गराउनु भयो ।

‘म एमसीसीबादी हुँ’

उहाँले मुलुकको आर्थिक विकासको प्रसंग उल्लेख गर्दै आफु एमसीसीबादी भएको बताउनुभयो ।

पचपन्न अर्ब रुपैयाँको अनुदान पाइन्छ भने अमेरिका मात्र नभएर जुनसुकै मुलुकबाट पनि आर्थिक सहयोग लिनुपर्ने उहाँले बताउनुभयो ।

बीआरआईमार्फत सस्तो ऋण पनि नेपालले स्वीकार गर्नुपर्ने उहाँको धारणा थियो । मुलुकको विकासका लागि विदेश सहयोग लिन हिच्किचाउनु नपर्ने उहाँले स्पष्ट बताउनुभयो ।