२३ भदौ २०८१, आइतवार

सुसेली प्रतिभा पुरस्कारबाट केसाङ सम्मानित

८ साउन २०८१, मङ्गलवार
Image

धुलाबारी, ८ साउन । सुसेली साहित्यिक परिवारले कलाकर्मी केसाङ लामालाई सुसेली प्रतिभा पुरस्कारबाट सम्मान गरेको छ । 

संस्थाद्वारा मंगलबार काँकरभिट्टामा आयोजित कार्यक्रममा कलाकार लामालाई दोसल्ला, कदरपत्र र नगद रु. ११ हजारसहित पुरस्कृत गरिएको हो ।

वि.संं २०२७ फागुन २० गते जन्मिएका लामाले मुटुको स्पन्दन  मुक्तकसंग्रह, विधवालाई सिन्दुर, रेन्जिन दोर्जे उपन्यास प्रकाशन गरिसक्नुभएको छ भने दर्जन बढी नाटकहरुको लेखनसँगै अभिनय समेत गरिसक्नुभएको छ । 

उहाँलाई कार्यक्रमका प्रमुख अतिथि प्राडा जिवेन्द्रदेव गिरीले सम्मान गर्नुभएको थियो । सुसेलीले यस अघि १० जना विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई यस पुरस्कारबाट पुरस्कृत गरिसकिएको संस्थाका अध्यक्ष पुण्यप्रसाद खरेलले बताउनुभयो ।