२३ भदौ २०८१, आइतवार

दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन

९ साउन २०८१, बुधवार
Image

झापा, ९ साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ । 

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको हो ।

जहाजमा पाइलट सहित १९ जना सवार थिए । 

पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरिएको छ । उनलाई तत्कालै केएमसी अस्पताल पुर्याइएको थियो ।

जहाजका सबै यात्रु सौर्य एयरलायन्सका स्टाफ तथा प्राविधिक थिए ।

पूर्ण मर्मतका लागि जहाजलाई पोखरा लैजाने क्रममा दुर्घटना भएको हो ।