२ कार्तिक २०८१, शुक्रवार

कोशी प्रदेश प्रहरी ः एक वर्षमा नौ हजार मुद्दा दर्ता, एक अर्ब राजस्व संकलन

९ साउन २०८१, बुधवार
Image

झापा, ९ असार । कोशी प्रदेशमा आर्थिक बर्ष २०८०÷०८१ मा विभिन्न अपराधका नौ हजार ३८७ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । जसमध्ये सबैभन्दा बढी सामाजिक अपराधका मुद्दा रहेका छन् ।

कार्यालयका प्रवक्ता भीमबहादुर दाहालका अनुसार सामाजिक अपराधमा मात्र एक हजार ५७४ वटा मुद्दा दर्ता भएका छन् । उहाँले आव २०८०÷०८१ मा आत्महत्याका एक हजार ५५४, लागूऔषधका एक हजार २९, बैंकिङ कसुरका एक हजार चार, चोरी तथा डाका मुद्दाका ७५३, जबरजस्ती करणीका ५१७, ठगीका  २८५ र कत्र्तव्य ज्यानका ११६ वटा मुद्दा भएको बताउनुभयो । 

यसैगरी, जबरजस्ती करणी उद्योगमा ११३, किर्ते सम्बन्धी ४४, साइबर अपराधका २४, मानव बेचविखन ११ र अन्य दुई हजार ३५३ मुद्दा दर्ता भएको उहाँले जानकारी दिनुभयो । 

प्रहरीले एक बर्षको अवधिमा दुई हजार ३८५ जना फरार अपराधी पक्राउ गरी रु. ८६ करोड ४८ लाख २९ हजार ४२९ राजस्व संकलन गरेको उहाँले बताउनुभयो । 

सोही अवधिमा प्रहरीले १४ वटै जिल्लाबाट १० हजार ४२० केजी गाजा बरामद गरेको जनाएको छ । प्रहरीले पाँच हजार २१० रोपनी लगाइएको गाजा खेती नष्ट गरेको छ ।

उहाँले तीन केजी ८८० ग्राम ब्राउन सुगर, ८६ ग्राम चरेस, विभिन्न मनोद्वीपक चक्की ७८ हजार ३३८ वटा, मनोद्वीपक सुई सात हजार ३८७ वटा एम्पुल र मनोद्वीपक पदार्थ २२६ बोतल बरामद गरी नष्ट गरिएको बताउनुभयो । 

प्रहरीले गत आर्थिक बर्षमा भन्सार चोरी तस्करी सामान नियन्त्रण गरी रु. १२ करोड, ३८ लाख ११ हजार २१६, प्राकृतिक सम्पदा नदीजन्य पदार्थ दोहन नियन्त्रणबाट रु. ४४ लाख १९ हजार १३५ र अबैध वन पैदावर नियन्त्रणमार्फत रु. ८० लाख ९७ हजार १६५ राजस्व संकलन गरेको जनाएको छ । 

जरिवाना तथा राजस्व संकलन गरी कोशी प्रदेश प्रहरीले एक वर्षमा रु. एक अर्ब १८ करोड ५७ लाख २५१ राजस्व सरकारको कोषमा जम्मा गरेको जनाइएको छ ।