१० मंसिर २०८१, सोमवार

अहिले भर्खरै

दुर्घटनामा परेका यात्रुको नामावली

९ साउन २०८१, बुधवार
Image

झापा, ९ साउन । दुर्घटनामा परेको सौर्य एयरलायन्सको जहाजमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ ।

पाइलट मनिषरत्न शाक्यको जीवितै उद्धार गरिएको छ भने अरु १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जहाजमा सवार यात्रुहरुको नामावाली यसप्रकार छ ।

क्याप्टेन ः मनिषरत्न शाक्य 

सहायक क्याप्टेन ः एस कटुवाल

यात्रु ः अमितमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, आश्विन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही र एरिफ रेडा (विदेशी नागरिक) ।

यसैबीच, नेपाल नागरिक उड्डयन प्राधिकरणले विहान ११ बजेर ११ मिनट जाँदा सौर्य एयरलायन्सको जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिरको स्थानमा दुर्घटनामा परेको जनाएको छ ।

दुर्घटनामा एक जनाको जीवितै उद्धार भएको, १८ जनाको मृत्यु भएको र सबै मृतकको शब सकलन भइसकेको प्राधिकरणले जनाएको छ ।