८ कार्तिक २०८१, बिहिवार

अस्पतालका स्वास्थ्य बिमा कर्मचारी मृत भेटिए

१६ साउन २०८१, बुधवार
Image

झापा, १६ साउन । भद्रपुरस्थित प्रादेशिक अस्पतालको प्रशासनिक भवनको तेस्रो तलामा एक कर्मचारी आज मृत भेटिएका छन् ।

प्रहरीका अनुसार मृत भेटिएका भद्रपुर–१० निवासी कर्मचारी २४ वर्षीय सुरज शर्मा हुनुहुन्छ । उहाँ अस्पतालको स्वास्थ्य बिमा शाखामा करारका कर्मचारी हुनुहुन्थ्यो ।

आज विहान सरसफाई कर्मचारीले उहाँलाई कोठामा मृत देखेपछि प्रहरीलाई समेत खबर गरिएको थियो ।

उनले स्वमृत्युवरणको बाटो रोजेको हुनसक्ने प्रहरीको प्रारम्भिक भनाई छ । राति १० बजेतिर उक्त कोठामा शर्मा  एक्लै प्रवेश गरेको सीसी क्यामेरामा देखिएको बताइएको छ । 

प्रहरीले घटनाको थप अनुसन्धान हुने जनाएको छ ।