८ कार्तिक २०८१, बिहिवार

मेचीनगरको ‘पटके सवारी कर’ स्थगित

१६ साउन २०८१, बुधवार
Image

मेचीनगर, १६ साउन । मेचीनगर नगरपालिकाले साउन १ गतेदेखि लागू गरेको ‘पटके सवारी कर’को नामले चिनिने पूर्वाधार उपयोग सेवा शुल्कको असुली स्थगन गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले आज सार्वजनिक सूचना जारी गर्दै अर्को निर्णय नभइञ्जेलका लागि कर असुली कायै स्थगन गरिएको उल्लेख गर्नु भएको छ ।

‘दिइएको दररेटभन्दा फरक दररेटमा तथा तोकिएको स्थानभन्दा बाहेकका  स्थानहरुमा पनि शुल्क असुली भएको भन्ने जनगुनासोलाई मध्यनजर गरी हाललाई शुल्क असुली स्थगन गरिएको व्यहोरा सबैमा जानकारीका लागि अनुरोध छ’–सूचनामा भनिएको छ ।

नगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरी आवश्यक निर्णय लिइने उक्त सूचनामा उल्लेख गरिएको छ ।