८ कार्तिक २०८१, बिहिवार

‘द भ्वाइस अफ किड्स’का आश्विनलाई भोटिङ गर्न आग्रह

१७ साउन २०८१, बिहिवार
Image

मेचीनगर, १७ साउन । मेचीनगर वडा नं. ३ का आश्विन भारती चर्चित रियालिटी शो ‘द भ्वाइस अफ किड्स, सिजन ३’ को प्रतियोगितामा भोटिङ राउन्डमा प्रवेश गरेका छन् ।

उनी विर्तामोडको निधि सेकेन्डरी स्कुलमा कक्षा ७ मा अध्ययनरत् छन् ।

भोटिङ राउन्डमा पुगेका अश्विनलाई जिताउने गरी भोटिङ गर्न भारती बन्धु एकता समाज नेपालले आग्रह गरेको छ ।

भोटिङ राउन्ड भनेको टप २४ मा पर्नु हो । त्यसपछिको यात्रा भोटिङले पनि तय गर्नेछ ।

भारती बन्धु समाजका केन्द्रिय अध्यक्ष उमेश भारतीले एक बर्षदेखि बिर्तामोडको सरगम संगीतालयमा संगीत सिक्दै आएका आश्विन पढाईमा पनि अब्बल रहेको बताउनुभयो । 

आश्विनका दाजु अनुज भारतीले पनि भोटिङ गरेर बिजेता बनाइदिनसवै समक्ष अनुरोध गरेका छन् ।

प्याब्सन झापाले आयोजना गरेको कार्यक्रममा जुनियर गायनतर्फ आश्विन झापा प्रथम भइसकेका छन् । 

यो रियालिटी शो हिमालय टेलिभिजनबाट शुक्रवार र शनिबार साँझ ८ बजेबाट प्रशारण हुन्छ ।