१ असोज २०८१, मङ्गलवार

देश छाडेर भागिन् बंगलादेशकी प्रधानमन्त्री

२१ साउन २०८१, सोमवार
Image

झापा, २१ साउन। बंगलादेशमा विद्यार्थी आन्दोलनका कारण सत्ता ढलेको छ ।

प्रधानमन्त्री शेख हसिनाले आज राजीनामा दिएर देश छाडेकी छन् । उनी हेलिकोप्टर चढेर भारतको त्रिपुरा पुगेकी छन् ।

सेना प्रमुख जनरल वकार उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् ।

सरकारी रोजगारीमा रहेको आरक्षणको विरोधमा आन्दोलनरत विद्यार्थीहरुको आह्वानमा सोमबार हजारौं मानिस ढाकामा जम्मा भएका थिए । उनीहरु आफ्नो सरकारी निवासतर्फ अगाडि बढेपछि हसिना देश छाडेर भागिन् ।

हसिनाले देश छाडेको केहीबेरपछि सेना प्रमुख उज–जमानले पत्रकार सम्मेलन गर्दै अन्तरिम सरकार बनाउने बताएका हुन् ।

अन्तरिम सरकार बनाउन राष्ट्रपतिका साथै विपक्षी दल नागरिक समाजसँग सम्वाद गरेको बताए । तर हसिनाको दल अवामी लिगको भने उनले नाम लिएनन् ।

उनले सबै जिम्मेवारी आफूले लिने भन्दै प्रदर्शनकारीलाई घर फर्किन आग्रह गरे । अब सुरक्षाकर्मीहरुलाई गोली नचलाउन निर्देशन दिइसकेको भन्दै सेना प्रमुखले भने, ‘देशलाई धेरै क्षति भयो । अर्थ व्यवस्था प्रभावित भयो कयौं मानिस मानिए । मलाई आश छ, यो सम्बोधनपछि अवस्थामा सुधार आउनेछ ।’

https://www.youtube.com/watch?v=hdrQnDsLkPc