अहिले भर्खरै
अहिले भर्खरै
झापा, २५ साउन । आज विहान ७ः१३ बजे झापामा भूकम्पको धक्का महसुस गरिएको छ ।
समाचार स्रोतहरुका अनुसार नेपाल, भारत, भूटान, चीन र बंगलादेशसम्म यो भूकम्पको धक्का महसुस गरिएको थियो ।
सिक्किमको सोरेङबाट २ किलोमिटर टाढा यसको केन्द्रविन्दु रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
भूकम्पको तीब्रता ४ दशमलब ४ म्याग्निच्यूट बराबरको थियो ।