१ असोज २०८१, मङ्गलवार

कांग्रेसको सदस्यता नवीकरण नगर्न शिक्षकहरुलाई पालिका अध्यक्षको चेतावनी

२५ साउन २०८१, शुक्रवार
Image

झापा, २५ साउन । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई नेपाली कांग्रेसको सदस्यता नवीकरण नगर्न आग्रह गर्नु भएको छ ।

उहाँले अहिले कांग्रेसको क्रियाशील सदस्यता धमाधम नवीकरण भइरहेको जनाउँदै शिक्षक तथा कर्मचारीले नवीकरण गरेको पाइएमा कडा कार्वाही गरिने चेतावनी समेत दिनु भएको छ ।

नेपाली कांग्रेसको कोशी प्रदेश सदस्य रहनु भएको राईले आफ्नो फेसबुक आइडीमार्फत उक्त आग्रह गर्नु भएको हो ।

शिक्षा ऐन अनुसार दलको कार्यकारिणी समितिको सदस्य भएका शिक्षक तथा कर्मचारीलाई पदमुक्त गरिने कानूनी प्रावधान समेत स्मरण गराउनु भएको छ ।