८ कार्तिक २०८१, बिहिवार

भट्टराईको तेस्रो कविता कृति ‘प्रेमका पाँच औंला’ लोकार्पण

२५ साउन २०८१, शुक्रवार
Image

झापा, २५ साउन । साहित्यकार तेराख प्रतिष्ठानको आयोजनामा सुभद्रा भट्टराईको तेस्रो कविता कृति ‘प्रेमका पाँच औंला’ लोकार्पण भएको छ ।

काँकरभिट्टा खानेपानी सभाकक्षमा विहीबार प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेलको अध्यक्षता, प्रसिद्ध निबन्धकार युवराज नयाँघरेको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका सचिव जय भण्डारीको सञ्चालनमा भएको थियो ।

प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूबाट सामुहिक रूपमा लोकार्पण गरिएको कृति ‘प्रेमका पाँच औंला’को समीक्षात्मक परिचय प्राडा गङ्गाप्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको थियो ।

कवि सुभद्राले उपस्थित सबै अतिथि तथा आफन्तजनलाई सम्मान व्यक्त गरेर आफ्नो कृतिको एउटा कविता वाचन गर्नुभएको थियो । प्रमुख अतिथि युवराज नयाँघरेले कृतिको एउटा कविता वाचन गरेपछि कविगोष्ठी सुरु भयो ।

कविगोष्ठीमा कविहरू पुण्य बराल, गणेश निरौला, विवश बलिभद्र कोइराला, जय आचार्य, लतिका जोशी सिलगढी, टङ्क विकल्प, तुलसीप्रसाद भट्टराई, विरही अधिकारी, जेबी खत्री, शारदा कार्की विराटनगर, अमृता पाठक चौंलागाईं, चित्रा पौडेल, पुष्प काफ्ले, सुशान्त नन्दी, राहुल राई वोगिको मणिपुर, ललिता जोशी सिलगढी, सेजल दाहाल तथा आकृति दाहाल आदिले कविता वाचन गर्नुभएको थियो ।

निशिकान्त सिन्हा तथा प्रमुख अतिथि युवराज नयाँघरेले शुभकामना तथा बधाई मन्तव्य राख्नुभएको यस कार्यक्रममा स्रष्टा तथा साहित्य अनुरागीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमका बीचमा पूर्वप्रअ दिलिप अधिकारीलाई सम्मान गरिएको थियो भने, कवि सुभद्रा तथा दुर्गाराम अर्यालबाट आमा तथा सासूआमालाई पनि सम्मान गर्नुभएको थियो ।