२ कार्तिक २०८१, शुक्रवार

एनसेल सेवामा अचानक समस्या

२८ साउन २०८१, सोमवार
Image


झापा, २८ साउन । देशभर आज टेलिकम सेवा प्रदायक एनसेलको सेवामा समस्या आएको छ ।

एनसेलबाट हुने कल, एसएमस र इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

आफ्नो सेवामा समस्या आएपछि एनसेलले क्षमा माग्दै अवरुद्ध सेवा यथाशिघ्र सुरु गर्नका लागि तदारुकताका साथ काम भइरहेको जनाएको छ ।

एनसेलका अनुसार दिउँसो ३ः४८ बजेबाट सेवाहरू प्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको हो । एनसेलको सेवा रोकिँदा उपभोक्ता प्रभावित भएका छन् ।