२ कार्तिक २०८१, शुक्रवार

दुर्व्यसन हटाउन मानव धर्म सेवा समितिको सचेतना कार्यक्रम

२९ साउन २०८१, मङ्गलवार
Image

मेचीनगर, २९ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समिति मेचीले लागू औषध दुर्व्यसनबिरुद्ध आध्यात्मिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ। 

नेपाल मानव धर्म सेवा समिति मेचीकी प्रमुख सन्त महात्मा सुवर्ण बाईजीको अध्यक्षतामा सोमवार भएको कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी रहनुभएको थियो । 

ईलाका प्रहरी कार्यालयका निरीक्षक प्रेमप्रसाद खरेल, नन्दा करिडोर प्रवर्द्धन केन्द्रका अध्यक्ष धर्मेन्द्र खडका, चेतनशील युवा परिवार धुलाबारीको अध्यक्ष उदय बराईलीका साथै युवा सङ्गठन मेचीका सदस्यहरुको उक्त कार्यक्रममा उपस्थिति रहेको थियो।  

मेचीनगरका विभिन्न सुधार केन्द्रमा रहेका युवाहरुको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका अध्यक्ष दशरथ राईले राख्नुभयो भने नेपाल मानव धर्म सेवा समितिका सांस्कृतिक विभाग सह संयोजक ईन्द्र प्रधानले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।

सो अवसरमा आध्यात्मिक उत्प्रेरक डा. जेपी अग्रवालले अध्यात्मको माध्यमबाट मानिसले शाश्वत शान्तिलाई कसरी प्राप्त गर्छन् र दुर्व्यसनबाट स्थायी रुपमा कसरी निस्किन्छन् भन्ने विषयमा मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बुढाथोकीले धार्मिक संस्थाले यो प्रकृतिको कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्नुभयो । कार्यक्रम नेपाल मानव धर्म सेवा समिति युवा सङ्गठनका केन्द्रीय सदस्य रोशन घिमिरेले सन्चालन गर्नु भएको थियो ।