मेचीनगर, ४ भदौ । मेचीनगर–३ दोकानडाँडामा वुवाले छोरालाई खाना खाने विषयको विवादमा धारिलो खुर्पाले प्रहार गरेका छन् ।
आज साँझ ७ः १० बजेतिर उक्त घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ५७ वर्षीय पुण्यप्रसाद दाहालले सामान्य विवादमा ३० वर्षीय छोरा डिल्लीराम दाहाललाई खुर्पाले टायकामा हिर्काएका थिए ।
पुण्यप्रसाद दाहाल हाल प्रहरीको नियन्त्रणमा छन् । उनका घाइते छोरा डिल्लीराम दाहालको दोकानडाँडाकै एक मेडिकलमा उपचार भइरहेको छ ।