२ माघ २०८१, बुधवार

धुलाबारीमा श्रीकृष्णको भब्य महाआरती

१० भदौ २०८१, सोमवार
Image

मेचीनगर, ११ भदौ । श्रीकृष्ण प्राकट्य महोत्सवको अवसरमा आज साँझ मेचीनगर–१० धुलाबारीस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा महाआरती सम्पन्न गरिएको छ ।

हजारौं भक्तजनको उपस्थितिमा भएको महाआरतीमा प्रदेश सांसद्द्वय सबिना बजगाई र गोपाल तामाङ, भद्रपुरका नगरप्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्की र मेचीनगरकी उपप्रमुख मीना उप्रेतीले अतिथिको रुपमा आरतीमा भाग लिनु भएको थियो ।

धुलाबारी श्रीकृष्ण प्रणामी मन्दिर झापाको पुरानोमध्येको हो । महाआरतीमा भाग लिन मेचीनगर, भद्रपुर, बुद्धशान्ति, विर्तामोड र अर्जुनधाराबाट समेत भक्तजन आएका थिए ।

स्वस्ती बाचन, भजन कीर्तन, स्वागत नृत्य र प्रसाद वितरणसहित सम्पन्न कार्यक्रममा काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष रोहित बुढाथोकी, धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकाजी खत्री, नेपाली कांग्रेसका क्षेत्रीय सभापति इन्द्र बुढाथोकी, नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु कार्की, पुनित बंशल, कृष्ण बजगाई, मिलन बस्नेत, सुभाष रिजाल, मुरलीधर कोइराला, अस्मिता खनाल, अमिन अली शेख, मीरा ओली, अनिसा दिदी, प्रेमप्रसाद फलाहारी, नरेन्द्र खड्का, नारायण खनाल, अनिल ढुंगाना लगायतका विशिष्ट पाहुना आमन्त्रित थिए ।

मन्दिरको अग्रभागमा विशेष रुपमा सजाइएको स्थानमा पण्डितहरुले विधिपूर्वक महाआरती प्रज्ज्वलन गर्नु भएको थियो । भक्तजनले ल्याएको आरती समेत मन्दिरमा प्रज्ज्वलन गरिएको थियो ।