२ माघ २०८१, बुधवार

थोप्लेविरान महिला कृषि सहकारी संस्थाको १० औं साधारणसभा सम्पन्न

१२ भदौ २०८१, बुधवार
Image

धुलाबारी, १२ भदौ । थोप्लेविरान महिला कृषि सहकारी संस्थाको १०औं साधारणसभा सम्पन्न भएको छ । 

संस्थाकी अध्यक्ष डम्बर कुमारी प्रधानको अध्यक्षतामा बुधबार भएको साधारणसभामा प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उपे्रती रहनुभएको थियो । 


कार्यक्रममा थोप्लेविरान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कृष्ण कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा मेचीनगर–९ कि वडा सदस्य सुष्मा डोली कार्की, नेकपा माओवादी केन्द्रका नेता प्रकाश भण्डारी, थोप्लेविरान सामुदायिक वनका पूर्व अध्यक्ष इन्द्र पाठक, थोप्लेविरान महिला कृषि सहकारीकी संस्थापक अध्यक्ष बिना चापागाई, पूर्व अध्यक्ष मञ्जु कट्टेल लगायतको उपस्थिति रहेको थियो ।

सोहि अवसरमा संस्थाको साधारण सभासँगै नेपालीहरूको महान पर्व हरितालिका तीजको दर पनि खाएर महिलाहरू छमछम नाचेका थिए ।

थोप्लेविरान महिला कृषि सहकारी संस्थाकी अध्यक्ष डम्बरकुमारी प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागतसहित उपाध्यक्ष जानुका ओलीले बार्षिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । 

दस वर्षअघि विपन्न महिलाहरूको जीवनस्तर उकास्ने लक्ष्यका साथ शेयर सदस्यबाट रू.१५ रूपैयाँ बचत गरेर स्थापना गरिएको मेचीनगर–९ को थोप्लेविरान महिला कृषि सहकारी संस्थाले अहिले किसानलाई अर्गानिक मल बिक्री गर्न थालेको छ ।

वि.संं २०५९ साउन १० गते थोप्लेविरान विकास समुहको १२ औँ साधारण सभाले २०७१ मंसिर १० गतेबाट यसको नाम परिवर्तन गरेर थोप्लेविरान महिला कृषि सहकारी संस्था नामाकरण गरेर स्थापना गरिएको हो ।

शेयर सदस्यबाट मासिक रू.१५ रूपैयाँ बचत गरेर सुरू गरिएको संस्थाले हाल रू.२०० बचत गर्न थालेको छ । दुई लाख ३२ हजार ५ सय शेयर पुँजीबाट सुरू संस्थाले हाल २८ लाख १२ हजार ४२० रूपैयाँ शेयर पुँजी पुर्याएको छ । हाल संस्थामा ४०० शेयर सदस्य छन् ।

संस्थाको एक करोड ७५ लाख २५ हजार निक्षेप संकलन, २ करोड ७ लाख ५ हजार ७६१ रूपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाले यस आर्थिक वर्षमा दुई लाख ५० हजार मुनाफा गरेको छ । संस्थाले यस आर्थिक वर्षबाट शेयर सदस्यहरूलाई २ लाखसम्म कर्जा दिने र साविकको मेचीनगर–४,५ र ६ हाल वडा नम्बर ९ का जनतालाई समेट्ने गरी दायरा फराकिलो पार्ने निर्णय गरेको छ ।

व्यापार गर्न इच्छुक शेयर सदस्यहरूलाई कृषिजन्य व्यापार गर्न संस्थाले अनुमति दिने गरेको छ । २०८०÷८१ मा विषादी भएको रासायनिक मल निर्मुल पार्न अर्गानिक मल उत्पादन र बिक्री वितरण गरिरहेको संस्थाकी उपाध्यक्ष जानुका ओलीले बताउनुभयो ।

बिर्तामोडको हाइ हिमालयन प्रालिको सहकार्यमा वनमा भएका कच्चा पदार्थ दिएपछि अर्गानिक मल उत्पादन हुन्छञ, ओलीले भनिन् –झउक्त मल यहाँका किसनाहरूलाई बिक्री वितरण गरिन्छ । उहाँका अनुसार संस्थाले जग्गा भाडामा लिएर सामुहिक तोरी खेती समेत गरिरहेको जानकारी दिनुभयो ।

यस वर्षदेखि नगरपालिकासँगको सहकार्यमा सजीउन खेती समेत गर्ने तयारी गरिएको उहाँले बताउनुभयो  । संस्थाले विभिन्न विज्ञहरू बोलाएर यहाँका किसानहरूलाई विषादी मुक्त, अर्गानिक मल बनाउन, माटो बचाउ अभियान लगायतका विषयमा  तालिम तथा छलफल गरिएको उहाँको भनाई छ ।

आज संस्थाले १०औँ साधारण सभाको अवसरमा उत्कृष्ट वृद्वा, उत्कृष्ट बाल बचत र उत्कृष्ट असल ऋणिलाई समेत सम्मान गरेको छ । सम्मानित हुनेहरूमा उत्कृष्ट वृद्वा बचत रीता सुन्दास, उत्कृष्ट बाल बचत उपशना आचार्य र उत्कृष्ट असल ऋणि मनमाया लिम्बु रहेका छन् ।

उनीहरूलाई कार्यक्रकी प्रमुख अतिथि मेचीनगर नगरपालिका उपमेयर मीना पोखरेल उप्रेती, थोप्लेविरान महिला कृषि सहकारीकी अध्यक्ष डम्बरकुमारी प्रधान, उपाध्यक्ष ओली लगायतले सम्मान गरेका थिए ।

कार्यक्रममा लेखा प्रतिवेदन प्रस्तुत संयोजक इश्वरा चौलागाईले र सञ्चालन सचिव तारा पौडेलले गर्नुभएको थियो ।