८ कार्तिक २०८१, बिहिवार

गोरखाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस शुक्रबारदेखि सम्पर्कविहिन 

१३ असोज २०८१, आइतवार
Image

गोरखा । गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको  यात्रुबाहक बस सम्पर्कविहिन भएको छ ।

शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस अहिलेसम्म पनि सम्पर्कमा नआएको बताइएको छ ।

गोरखा दरौदी यातायत प्रालिका अध्यक्ष नारायण खत्रीका अनुसार राति १० बजेसम्म खानिखोलासम्म सम्पर्कमा रहे पनि त्यसपछि कोहि कसैसँग सम्पर्क भएको छैन् । उत्त बसमा कति यात्रु थिए भन्नेबारे पनि यकिन भएको छैन् ।