१२ पुष २०८१, शुक्रवार

प्रस्तावित प्रधानन्यायाधीश राउतको संसदीय सुनुवाइ बुधबार हुने

१४ असोज २०८१, सोमवार
Image

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित न्यायाधीश प्रकाशमानसिंह राउतको  सङ्घीय संसद संसदीय सुनुवाइ समितिमा बुधबार संसदीय सुनुवाइ हुने भएको छ ।

समितिको आजको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित राउतविरुद्ध उजुरी दिनेहरुसँग मंगलबार छलफल गर्ने र बुधबार सुनुवाई गर्ने निर्णय गरेको हो । राउतविरुद्ध ६ वटा उजुरी परेका छन् । 

गत भदौ ३१ गतेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो ।

समितिको यही असोज ३ गतेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध उजुरी माग गर्ने निर्णय गरेको थियो । 

बैठकमा प्रस्तावित प्रधानन्यायाधीश राउतको कार्ययोजनासमेत अध्ययनका लागि सदस्यहरूलाई उपलब्ध गराएको छ ।