८ कार्तिक २०८१, बिहिवार

लिलेसँग रियल म्याड्रिड स्तब्ध

१७ असोज २०८१, बिहिवार
Image

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिड फ्रेन्च क्लब लिलेसँग स्तब्ध भएको छ ।

गएराती सम्पन्न खेलमा लिलेले रियल म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

लिलेको जितमा जोनाथन डेभिडले खेलको पहिलो हाफको इन्जुरी समयमा पेनाल्टी मार्फत गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

लिलेले यस सिजनमा दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ । लिलेले २ खेलमा ३ हासिल गरेको छ । त्यस्तै रियल म्याड्रिडको २ खेलमा ३ अंक रहेको छ ।