८ कार्तिक २०८१, बिहिवार

क्यानडाले जित्यो त्रिकोणात्मक टी-२० सिरिज

१८ असोज २०८१, शुक्रवार
Image

काठमाडौं । क्यानडाले त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ । गएराती सम्बन्ध खेलमा क्यानडाले ओमानलाई ५ विकेटले पराजित गर्दै सिरिज जितेको हो ।

यस खेलमा ओमानले दिएको ८३ रनको लक्ष्य १४.१ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुराएको हो ।

यस अघि ओमानले पहिला ब्याटिंग गर्दै १९.४ ओभरमा अल आउट हुदै केवल ८२ रन बनाएको थियो ।

यो जितपछि क्यानडाले ४ खेलमा ३ खेल जितेर ६ अंकसहित शिर्ष स्थानमा रहदै सिरिज जितेको हो । क्यानडाले नेपालविरुद्धक दुवै खेल जितेको थियो भने ओमानविरुद्धको एक खेल जितेको थियो । त्यस्तै नेपाल भने दोस्रो स्थानमा रह्यो । नेपालले क्यानडाविरुद्धका दुवै खेलमा हार बेहोरेको थियो भने ओमानविरुद्धका दुवै खेल जितेको थियो ।

त्यस्तै ओमानले भने नेपालविरुद्धका दुवै खेलमा हार बेहोरेको थियो भने क्यानडाविरुद्धको एक खेलमा जित र एकमा हार बेहोरेको छ ।