२० असोज २०८१, आइतवार

एनपीएलमा आरिफ र अविनास सुदूरपश्चिमबाट खेल्ने 

२० असोज २०८१, आइतवार
Image

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान आरिफ शेख सुदूरपश्चिम रोयल्समा आवद्ध भएका छन् । आइतबार भएको अक्सनमा सेखलाई १५ लाखमा सुदूरपश्चिमले किनेको हो ।

ग्रेड ए मा रहेका सेखलाई किन्न अक्सनमा तीनवटा टिमले बोलकवल गरेका थिए । 

उनका लागि अक्सनमा कर्णाली, सुदूरपश्चिम र काठमाडौंबीच प्रतिस्पर्धा भएको थियो । तीन टोलीबीचको प्रतिस्पर्धामा सेखलाई उच्चतम मूल्य १५ लाख सुदूरपश्चिमले किनेको हो ।

त्यस्तै टी-२० क्रिकेटमा डेथ ओभर स्पेस्लिष्टको पहिचान बनाएका बलर अबिनास बोहोरा पनि सुदूरपश्चिम बाट खेल्ने भएका छन् । अविनासका लागि सुदूरपश्चिमले १२ लाख खर्च गरेको हो ।

सुदूरपश्चिम फ्रेन्चाईजीको मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी रहेका छन् ।