२० असोज २०८१, आइतवार

दक्षिणी इजरायलको बस स्टेशनमा आक्रमण, एक महिलाको मृत्यु

२० असोज २०८१, आइतवार
Image

काठमाडौँ । इजरायलको एउटा बस स्टेशनमा आक्रमण भएको छ । गोली लागेर २५ वर्षीया महिलाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।

दक्षिणी इजरायलको बेरशेबामा "संदिग्ध आतंकवादी हमला" भएको प्रहरीले जनाएको छ ।

इजरायलको एम्बुलेन्स सेवाले गोलीकाण्डमा घाइते भएका १० जनाको उपचार गरिरहेको डाक्टरहरूले बताएका छन् ।

आक्रमणकारी मारिएको प्रहरीले जनाएको छ । इजरायलमा यो हमला यस्तो समयमा भएको हो जब एक दिन पछि अर्थात अक्टोबर ७ मा हमासले यस देशमा आक्रमण गरेको एक वर्ष पूरा हुँदैछ ।

यो हमलापछि मात्र इजरायलले गाजामा हमासविरुद्ध आक्रमण सुरु गरेको थियो । त्यसयता इजरायल र हमासबीच युद्ध चलिरहेको छ ।