८ कार्तिक २०८१, बिहिवार

दुई कराँते खेलाडीको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण

२२ असोज २०८१, मङ्गलवार
Image

काठमाडौँ । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले २ कराँते खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ ।

कोषले सिद्धिकीताज बबरलाई १ लाख ५० हजार तथा विपिनराजसिंह दर्जीलाई ७५ हजार रुपैयाँ प्रदान गर्‍यो ।

कोषका अध्यक्ष समेत रहनु भएका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।