९ मंसिर २०८१, आइतवार

इङल्याण्डविरुद्धको पहिलो टेस्टमा पाकिस्तान बलियो अवस्थामा

२२ असोज २०८१, मङ्गलवार
Image

काठमाडौँ । पाकिस्तानले इङल्याण्डविरुद्धको पहिलो टेस्टमा उत्कृष्ट प्रदर्शन गरेको छ ।

घरेलु मैदानमा जारी टेस्टको दोस्रो दिन पाकिस्तानले तीन खेलाडीको शतकको मद्धतले ५५६ रन बनाएर अल आउट भएको छ ।

पाकिस्तानका लागि कप्तान शान मसूदले १५१, सलमान अघा १०४ रन र अब्दुल्लाह शफिकले १०२ रन बनाएका थिए ।

दोस्रो दिन इङल्याण्डले एक विकेट गुमाएर ९६ रन बनाएको छ । इङल्याण्डका ६४ रन बनाएर खेलिरहेका छन् भने जो रुटले ३२ रन बनाएर खेलिरहेका छन् ।

दोस्रो दिनको खेल सकिदा इङल्याण्ड ४६० रनले पछाडी रहेको छ ।