२ कार्तिक २०८१, शुक्रवार

रौतहटका एसपी घिमिरेसहित १९ जनाले गरे रक्तदान

१ कार्तिक २०८१, बिहिवार
Image

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट द्वारा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत एसपी सहीत १९ जनाले रक्तदान गरेका छन् ।

बिहीवार जिल्ला प्रहरी कार्यालय रौतहटको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे सहित१७ जना प्रहरी कर्मचारी, २ जना स्थानिय गरी २१ जनाले रक्तदान गरेको प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन् । 

६९औं प्रहरी दिवसको भोलिपल्ट प्रादेशिक अस्पताल गौरमा रगत अभाव हुन नदिने उद्देश्यले जिल्ला प्रहरी कार्यालय रौतहट र नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा संचालन समिति गौर शाखाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।