७ कार्तिक २०८१, बुधवार

विचाराधीन विधेयकलाई आगामी अधिवेशनमा पेस गर्न सभामुखको निर्देशन

६ कार्तिक २०८१, मङ्गलवार
Image

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेस गर्न निर्देशन दिएका छन् ।

मंगलबार सिहंदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकसँगको बैठकमा सभामुख घिमिरेले सो निर्देशन दिएका हुन् ।

बैठकमा सभामुख घिमिरेले समितिमा रहेका विधेयक र त्यसलाई पारित गर्ने बारे चासो देखाएका थिए ।

बैठकमा समिति सभापतिहरुले संसद् अधिवेशन अन्त्य भएसँगै बैठक बस्न नसकेको जानकारी सभामुखलाई दिएका थिए । उनीहरुले बैठक संचालनका लागि समेत पर्याप्त बजेट नभएको गुनासो सभामुखलाई गरेका थिए । सभामुखले संसदीय समितिको बैठक नियमित राख्नका लागि समेत बैठकमा निर्देशन दिएका थिए । 

बैठकमा एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी रहेका थिए ।