७ कार्तिक २०८१, बुधवार

सिन्धुली र रामेछाप जोड्ने बेलिब्रिज बनाउने प्राविधिक र नेपाली सेनालाई सम्मान

६ कार्तिक २०८१, मङ्गलवार
Image

रामेछाप । सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीको बेलीब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाका जवानहरुलाई सम्मान गरिएको छ ।

मंगलबार भौतिक पूर्वाधार तथा यातायत मन्त्री देवेन्द्र दाहाल बेलिब्रिज निर्माण कार्यमा संग्लन नेपाली सेनाका जवानहरुलाई सम्मान गरेका हुन् ।

गत असोज १२ को बाढीले बगाएको सो बेलिब्रिज पुल नेपाली सेनाले तीन साता भन्दा पनि कम समयमा निर्माण सम्पन्न गरेको थियो । सो पुल आजदेखि पुर्णरुपमा संचालनमा आएको छ ।